दरबार हत्याकाण्ड भएको १४ वर्ष पुग्यो

काठमाण्डौ । नारायणहिटी दरबार हत्याकाण्ड भएको आज १४ वर्ष पुरा भएको छ । विसं २०५८ जेठ १९ गते शुक्रबारका दिन भएको हत्याकाण्डमा राजा वीरेन्द्र शाहको वंश नै नाश भएको थियो । हत्याकाण्डको ७ वर्षपछि २०६५ जेठ १५ गते मुलुकबाट राजतन्त्र समाप्तिको घोषणा गरिएको थियो ।07

राजा वीरेन्द्रपछि भाइ ज्ञानेन्द्र शाह राजगद्दीमा आसीन भएपनि उनी नै नेपालको इतिहासमा अन्तिम राजा बनेका थिए । हत्याकाण्डको १४ वर्ष पुगेको भएपनि हालसम्म घटनाको सत्यतथ्य बाहिर आउन सकेको छैन भने यसबारे अनेकन टिकाटिप्पणी र आशंकाहरु हुने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्: