पूर्वाञ्चलमा चट्याङ लागेर तीन महिलाको मृत्यु

विराटनगर । सुनसरी र सप्तरीमा चट्याङ लागेर तीन महिलाको मृत्यु भएको छ । सोमबार साँझ वर्षासँगै चट्याङ पर्दा सुनसरीको तनमुना–५ बस्ने ५५ वर्षीया सावित्रीदेवी साह, नर्सिङ–३ बस्ने ४५ वर्षीया लक्ष्मी मण्डल र सप्तरीको कञ्चनपुर–४ बस्ने ५० वर्षीया मञ्जुदेवी साहको मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।00

प्रहरीका अनुसार चट्याङ लागेर गम्भीर घाइते भएकी लक्ष्मी मण्डलको उपचारका क्रममा इनरुवा अस्पतालमा र अन्य दुईको घटनास्थलमा नै मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्: