बालिकासँग यौन सम्बन्ध राख्ने पक्राउ

बिर्तामोड । यौन अभियोगमा पक्राउ बालिकासँग यौन सम्बन्ध राखेको अभियोगमा सोमबार मोरङ, उर्लाबारी– २ का ४१ वर्षीय थेयुसा फागोलाई प्रहरीले पक्राउ गरेको छ । बालिकाकाका अभिभावकले दिएको उजुरीका आधारमा फागोलाई सोमबार बिहान पक्राउ गरिएको हो ।02

सोह्र वर्षमुनिका बालिकासँग सहमतिमै यौन सम्बन्ध राखे पनि कानुनतः बलात्कार ठहर्ने भएकाले प्रहरीले जबर्जस्ती करणी ऐनअन्तर्गत मुद्दा दर्ता गर्न लागेको छ ।

प्रतिक्रिया दिनुहोस्: