बिमान दुर्घटना

पोखरा । मुस्ताङको जोमसोमबाट पोखरा आएको गोमा एयरको विमान मंगलबार विहान अवतरणका क्रममा सामान्य दुर्घटनामा परेको छ ।
अवतरणका क्रममा विमानको अगाडिको भाग धावनमार्गमा ठोक्किँदा सामान्य क्षती भए पनि कुनै मानवीय क्षति नभएको पोखरा विमानस्थल प्रशासनले जानकारी दियो ।

                                                                                                                                                                     011

विमानमा १८ जना सवार थिए । ‘यो कुनै दुर्घटना होइन, विमानको अगाडिको ‘नोज’ सामान्य ठोक्किएको मात्रै हो,’ विमानस्थलका एक कर्मचारीले भने, ‘सबै यात्रुहरु सकुशल उत्रिएका छन् ।’
सुरुमा विमानको पाङ्रा नखुलेका कारण दुर्घटना भएको अनुमान गरिए पनि पाङ्रा सकुशल खुलेको पाइएको प्रहरी स्रोतले बतायो । गोमा एयरले जोमसोम,पोखरा यसै वर्षदेखि उडान भर्न थालेको थियो ।

प्रतिक्रिया दिनुहोस्: