युवतीको शव फेला

बिराटनगर । धरान इटहरी सडक खण्डको चारकोशे जंगलमा स्कुटीमा सवार एक युवतीको टाउको काटिएको अवस्थामा शव फेला परेको छ ।

को १६ प ६०९२ नम्बरको स्कुटीमा सवार युवतीको चारकोशे जंगलको पानीपियाँ भन्दा केही माथिको सडक खण्डमा टाउको काटिएको अवस्थामा सोमवार बेलुका सडकमै शव फेला परेको प्रहरीले जनाएको छ । युवतीको पहिचान खुल्न सकेको छैन । शव पोष्टमार्टमका लागि विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान लगिएको छ ।sab

प्रतिक्रिया दिनुहोस्: