रिना रायसँग आफ्नो तुलना गर्दा सोनाक्षी रिसाइन्

एजेन्सी । बलीउड अभिनेत्री सोनाक्षी सिन्हा २८ बर्ष भइन् । २ जून १९८७ मा उनको जन्म पटना, बिहारमा भएको थियो । अभिनेता तथा सांसद शत्रुघ्न सिन्हाकी छोरी सोनाक्षीले आफ्नो पहिलो फिल्म ‘दबंग’ बाट बलीउडमा प्रबेश गरेकी हुन् । त्यस समय देखि नै उनको तलना बलिउडकी अभिनेत्री रिना रायसँग शुरू गर्न थालिएको थियो । यस कुराले सोनाक्षी त रिसाइन नै उनकी आमा पूनम सिन्हा पनि मीडियासँग रिसाइन् ।                                                                               sonakshi-sinha
रीनासँग सोनाक्षीको तुलना गर्नुको मुख्य कारण यो पनि थियो कि रीना र शत्रुघ्नबीच धेरै नजिकको मित्रता थियो । बलीउडमा यस्तो चर्चा थियो कि शत्रुघ्न बिबाहपछि पनि रीना रायसँग भेट्छन् ।
जब रीनाको कानमा सोनाक्षीसँग उनको अनुहार मिल्छ भन्ने खबर पुग्यो उनले एउटा प्रेस कन्फ्रेन्स गरेर समाचारको खण्डन गरिन् । एउटा इन्टरव्यूमा रीनाले भनेकी थिइन् सोनाक्षीको अनुहार उनकी आमा पूनम सिन्हासँग मिल्छ ।

त्यसपछि रीनाले भनेकी थिइन कि ‘दबंग’ मा सलमान खानले सोनाक्षीलाई एउटा मुख्य भारतीय लुक दिएका थिए । सोनाक्षीसँग उनको अनुहार मिल्ने कारण यो पनि हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस्: