शुक्लाफाँटामा ढले ३ हजार रुख

काठमाण्डौ । सरकारी जंगलको एउटा रुख काट्ने अनुमति लिन मन्त्रिपरिषद्मार्फत निर्णय गराउने बन मन्त्रालय शुक्लाफाँटा वन्यजन्तु आरक्षणमा करिब तीन हजार रुख ढलेर चोरी निकासी हुँदासमेत बेखबरजस्तै छ ।

आरक्ष कार्यालयले ती ढलेका रुख चोरी हुन लागेकाले उचित व्यवस्थापनका लागि निर्देशन पाउन पटकपटक गरेको ताकेतालाई समेत उसले बेवास्ता गरेको छ ।
वैशाख १७ गतेको हावाहुरीले आरक्ष क्षेत्रभित्रका करिब तीन हजार रुख ढलेका तथा भाँचिएका थिए ।02

तिनको उचित संरक्षण कसरी गर्ने भनी राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशकलाई आरक्ष कार्यालयले पत्राचार गरेको थियो । रुख ढलेको १० दिनपछि अर्थात् वैशाख २७ गते कार्यालयले विभागलाई पठाएको पत्रको कुनै वास्ता नभएपछि कार्यालयले पुनः जेठ ११ गते अर्को ताकेतापत्र पठाएको थियो । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्: