सिन्धुपाल्चोकमा हेलिकप्टर दुर्घटना, पाँचको मृत्यु

काठमाण्डौ । सिन्धुपाल्चोकको यमुना डाँडामा राहत बोकेर गएको हेलिकप्टर दुर्घटनामा परेको छ । सिन्धुपाल्चोक प्रहरीले दिएको जानकारी अनुसार सिला पर्वत जंगलमा रातो पहेँलो रंगको 9N-AJP हेलिकप्टर दुर्घटनामा परेको हो । दुर्घटनास्थल बलेफीबाट १ किलोमिटर मात्र टाढा छ ।
त्रिभुवन अन्तर्रािष्ट्रय विमानस्थलका कायम मुकायम महाप्रवन्धक विरेन्द्रप्रसाद श्रेष्ठले माउन्टेन हेलिकप्टर नेपाल प्रालिको हेलिकप्टर दुर्घट्ना भएको पुष्टि गरेका छन् ।
भूकम्पपीडितको राहतका लागि काठमाडौँबाट उडेको हेलिकप्टर दुर्घटनामा परेको हो ।heli

विमानमा चालक,एक महिला सहित पाँचको मृत्यु   भएको छ ।  पाँच मध्ये ३ जनाको शव पुरै जलेको छ भने दुई जनाको आधा जलेको अवस्थामा शव फेला परेको छ । दुर्घटना स्थलमा प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्: