अज्ञात समुहद्धारा स्काभेटरमा आगजनी

बिर्तामोड । अज्ञात समुहले झापाको खुदुनावारीमा एउटा स्काभेटरमा आगजनी गरेको छ । बुधबार बिहान अन्दाजी २ बजेको समयमा आगो लागेपछि आफूलाई स्थानीयले जानकारी दिएको स्काभेटरका चालक बिष्णु गिरीले बताए ।
खुदुनाबारी १ को टप्पु भन्ने स्थानमा रहेको बिरिङ खोलामा बालुवा संकलन गरेर थन्क्याएको अवस्थामा को १ क ८५१ नम्बरको स्काभेटरमा आगजनी भएको थियो । तिरुपती क्रसर उद्योगको नाममा रहेको स्काभेटरमा आगजनी भएपछि पीडितले दोषीलाई पक्राउ गर्न माग गर्दै इलाका प्रहरी कार्यालय बिर्तामोडमा उजुरी दिएको बताएका छन् ।
स्काभेटरमा आगजनी भएपछि सो क्षेत्रमा रहेका दर्जनौ क्रसर उद्योगका सञ्चालक त्रासमा छन् । स्काभेटरको मुल्य ५० लाख रुपैया पर्ने बताइएको छ । स्काभेटरमा आगजनी हुँदा पुर्णरुपमा काम नलाग्ने भएको चालक गिरीले बताए ।sss1

फोटो : जलेर पुर्णरुपमा क्षति भएको स्काभेटर

प्रतिक्रिया दिनुहोस्: