अवैध हार्डवेयरका सामग्रीसहित भारतीय कार बरामद

कञ्चनपुर । भन्सार कार्यालयले अवैध हार्डवेयरका सामग्रीसहित भारतीय कार बरामद
गरेको छ । गड्डाचौकीको भन्सार कार्यालयले मङ्गलबार साँझ अवैधरुपमा ल्याउँदै गरेको हार्डवेयरका सामग्रीसहित भारतीय नम्बर प्लेटको कार बरामद गरेको हो ।

भन्सार कार्यालयको गेट नजिकैबाट यूपी १६ एयु ४५११ नम्बरको भारतीय कारमा झ्याल ढोकाका सामान रहेको भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले बताए ।13

“जाँचका क्रममा सामग्रीसहितको कार छाडेर चालक फरार भएपछि कार नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडि बढाएका छौँ” उनले भने । कारमा बरामद सामग्रीको मूल्य रु ४६ हजार ७०० र कारको प्रारम्भिक मूल्य रु पाँच लाख रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्: