आँखा फुटाएर हत्या गर्ने फरार अभियुक्त पक्राउ

रौतहट । आँखा फोडेर हत्या गर्ने फरार अभियुक्त पक्राउ परेका छन् । कर्तव्य ज्यान मुद्धा परेर लामोसमय देखि फरार अभियुक्तलाई रौतहट प्रहरीले पक्राउ गरेको हो । स्थानिय ब्रहमपुरी बसतपुर घर भएका ५५ बर्षीय पुजन साह कानुलाई आज इलाका प्रहरी कार्यालय कटहरीयाको टोलीले पक्राउ गरेको हो ।05

विशेष सूचनाको आधारमा ससुराली घर कर्कच कर्मैया–८ टिकुलियाबाट अभियुक्त साहलाइ पक्राउ गरिएको प्रहरीले जनाएको छ । ससुराली घरमै बसाइको क्रममा २०५७।४।३०गते अभियुक्तले सोही ठाँउका तोखन यादवलाइ बिभत्स हत्या गरी फरार भएका थिए । हात, खुटा, काटेर आँखा फोडेर तोखनको हत्या भएको स्थानीयहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्: