कम्बल र त्रिपाल गोदमबाट बरामद, अरोपी फरार

काठमाण्डौ । भूकम्प पीडितहरुको लागि ल्याएको राहतको सामग्री गोदाममा लुकाई राखेको अवस्थामा प्रहरीले बरामद गरेको छ । चन्दागिरी नगरपालिका–२३ ढुङ्गे अड्डा स्थित राजेन्द प्रसाद गुप्ताले संचालन गरेको पशुपति ट्रान्सपोर्टको गोदामबाट प्रहरीले मंगलबार राहतको कम्बल र त्रिपाल बरामद गरेको हो ।02

गुप्ताले राहत सामग्रीहरु स्टोर गरी राखेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी बृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले गोदाम खानतलासी गर्दा नेपाल अतिवरण समितिको लागि ल्याएको कम्वल २५ पोका र सामाजिक तथा वातावरणीय विकास युवा सम्बन्ध अनामनगरको लागि ल्याएको त्रिपाल २१ पोका बरामद भएको थियो । राजेन्द प्रसाद गुप्ता फरार रहेका छन् ।

यस सम्बनधमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्: