कार्यालयको सेवाप्रवाहमा ढिलासुस्ती, अनियमितता गर्नेलाई नछाड्ने

दाङ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय सुर्खेतद्वारा जिल्लामा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन गर्ने सम्बन्धमा मङ्गलबार घोराहीमा आयोजित अन्तक्र्रिया कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रममा आयोगको क्षेत्रीय कार्यालय सुर्खेत प्रमुख डिल्लीराज शर्माले कार्यालयको सेवाप्रवाहमा ढिलासुस्ती, अनियमितता गर्नेलाई नछाडिने बताए । उनले साढे दुई वर्षको अवधिमा सो कार्यालयमा दुई हजार २०० विभिन्न उजुरी परेको, ती मध्ये २४ प्रतिशत राप्ती अञ्चलका रहेको र हालसम्म एक हजार २९ वटा उजुरी फछ्र्योट गरेको जानकारी दिए ।002

उनले सबैभन्दा बढी उजुरी दाङका शिक्षासम्बन्धी ४८ वटा, अन्य स्वास्थ्य, सहरी विकास, कृषि, सिँचाइ क्षेत्रसँग सम्बन्धित रहेको बताए । कार्यक्रममा सरकारी कार्यालयका प्रमुखहरुले आ–आफ्नो कार्यालयले गरेको काम, कारबाही र समस्याका बारेमा जानकारी गराएका थिए ।

सो अवसरमा दाङका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेलले आफू जिल्लामा आएदेखि सुशासन प्रवद्र्धन र जिल्लाको शान्ति सुरक्षा, विकास निर्माणलगायत विविध विषयमा गरेको काम कारबाही, निर्देशन, कार्यान्वयनको अवस्थालगायतका बारेमा जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्: