क्यापिटल मर्चेन्ट बैंक ठगी गर्ने अर्का फरार एक पक्राउ

बिर्तामोड । क्यापिटल मर्चेन्ट बैंक ठगी गरि फरार रहेका एक ब्यक्तीलाई प्रहरीले पक्राउ गरेको छ । फरार बनेका नवराज खत्रिलाई मंलवार प्रहरीले पक्राउ गरेको हो । प्रहरीले उनलाई काठमाण्डौंको बानियाटारबाट पक्राउ गरी बुधवार काठमाण्डौं जिल्ला अदालतमा पेश गरेको छ ।0000

पुनरावेदन अदालत पाटनको मिति २०७१ बैशाख २९ गतेको फैसलाले बैकिङ्ग कसूर मुद्दामा छ करोड पचास लाख जरीवाना र ३ बर्ष कैदको फैसला सुनाएपछि फरार रहेका खत्री केन्द्रीय अनुसन्धान ब्यूरो, महाराजगंजबाट खटिएका प्रहरी टोलीको फन्दामा परेका थिए ।

खत्रीले न्यू सौजन्य हार्डवेयर खडा गरी क्यापिटल मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडबाट व्यापारिक परियोजनाका लागि लिएको कर्जा छ करोड पचास लाख रुपैया सो परियोजनामा नलगाई दुरुपयोग गरी बैकिङ्ग कसुर गरेको ठहर गर्दै पुनरावेदन अदालतले बैंकिङ्ग कसूर तथा सजाय ऐन, २०६४ को दफा १५(२)(घ) बमोजिम ३(तीन) वर्ष कैद र विगो असूल गरी विगो बमोजिम जरिवाना हुने गरी फैसला गरेको थियो ।

सोही क्यापिटल मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडलाई १३ करोड ३० लाख रुपैया हानी नोक्शानी पुर्याउने अर्का प्रतिबादी अरुण कुमार मराठालाई यस अघि नैे पक्राउ गरी ६ बर्ष कैद र १३ करोड ३० लाख रुपैया जरीवाना भुक्तानको लागि काठमाण्डौं जिल्ला अदालतमा पेश गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्: