गाडीमा चढेकी युवतीलाई जबरजस्ती करणी

दाङ । दाङमा एक युवतिलाई जबरजस्ती करणी गरेको खुलासा भएको छ । करणी गरेपस्चात फरार बनेका २ जनालाई जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही नगरपालिका–६ गिठेपानी निबासी १९ बर्षका सन्तोष पाण्डे र लक्ष्मीपुर–२ निबासी ३० बर्षका शेरबहादुर खत्री रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवत्ता रजिंत सिङ राठौरले जानकारी दिएका छन् ।

हिजो साँझ ७ बजे दाङको लक्ष्मीपुर ६ भलाई सोताको नर्सरीमा जबरजस्ती बलात्कार गरेको अभियोगमा गाडीका चालक र सहचालक समेत रहेका २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
लक्ष्मीपुरबाट घोराही आउदै गरेको गाडिमा चढेकी युवतीलाई गाडीकै चालक र सहचालकले नर्सरीमा रोकेर बलात्कार गरेको प्रवक्ता राठौरले जानकारी दिएका छन् । पक्राउ परेका दुबै जानालाई जबरजस्ती करणी सम्बन्धि मुद्दा दर्ता गरेको प्रहरीले जनाएको छ ।balatkari

प्रहरीले अनुसन्धान गर्न अझै बाँकी रहेको भन्दै गाडिको नम्बर खुलाएको छैन् ।
मुलकी ऐन एघारौ संशोधनले गरेको सजायसम्बन्धी व्यवस्थामा पुनः लैङगिक समानता कायम गर्ने ऐन, २०६३ ले जबरजीती करणीको ३ नं अनुसार २० बर्ष वा सो भन्दा बढी उमरकी महिला भए दोषीलाई ५ देखी ७ बर्ष सम्को जेलसजाय हुने व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्: