छायांकनको क्रममा ‘बाजीगार’

नेपाली चलचित्र क्षेत्रका अभिनेता जीवन लुईंटेल फिल्म क्षेत्र छाडेर झण्डै तीन महिना अमेरिकामा रहँदा उनी पलायन हुन लागेको अनुमान गर्न थालिएको थियो । तर उनी धेरैको अनुमान विपरित नेपाल फर्किएका छन् । जीवन फर्किए पनि यस समय देशमा भूकम्पले निम्त्याएको बिनाशकारीसँग जुधिरहेको छ ।jjj

उनी नेपाल फर्किएकै समयमा भूकम्प पीडितलाई सहयोग र राहत वितरणमा सामेल भए । यसरी कहिले विदेश यात्रा त कहिले भूकम्पका कारण एक्सन कटको दैनिकीबाट बाहिर रहेका जीवन लुईंटेल फेरि अभिनयमा फर्किएका छन् । उनले फिल्म ‘बाजीगार’ मार्फत अभिनय यात्रालाई निरन्तरता दिएका हुन् । अहिले जीवन राजबिराजमा फिल्मको सुटिंग गरिरहेका छन् ।

उनले पछिल्लो समय अमेरिका जानुअघि फिल्म भूलभुलैयाको गीतको सुटिंग गरेका थिए । शेखर कोइरालाको निर्माणमा बनेको फिल्मलाई रन्जित रानाले निर्देशन गरिरहेका छन् । फिल्ममा जीवनसँगै संजोग कोइराला, अनु शाह, निष्मा घिमिरे लगायतले अभिनय गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्: