तीनजनासँग विवाह गर्ने युवती पक्राउ

धनकुटा । हङकङ आईडी भएको प्रलोभन देखाउँदै डेढ वर्ष्भित्रमा तीनजनासँग विवाह गर्ने एक युवती तेस्रोपटक अन्मिनुअघि पक्राउ परेकी छन् । मोरङको याङ्शिलाका २२ वर्षीय विक्रम राईसँग मंगलबार धुमधाम बिहे गर्ने तयारीमा रहेकी २६ वर्षीया निशा राई सोमबार धरानबाट पक्राउ परेकी हुन् ।

प्रहरीका अनुसार निशाले धरानको मन्दिरमा फूलमाला गरी विक्रमलाई धनकुटाको खोकु गाविसस्थित पहिलो पतिका घरमा जन्ती लिएर आउन भनेकी थिइन् । आफूसँग हङकङको आईडी रहेको भन्दै निशाले यसअघि धनकुटा खोकु २ का २४ वर्षीय धनेन्द्र राई र जिल्लाकै बूढीमोरङ ९ का सन्तोष लिम्बूसँग बिहे गरिसकेकी थिइन् । पहिलो पति धनेन्द्रले हङकङ जाने प्रक्रिया मिलाउन भन्दै निशाले डेढ वर्षमा १८ लाख रुपैयाँ आफूबाट ठगेको बताए ।01

धनेन्द्र र निशाको विवाह दर्ता २०७० माघ ६ गते खोकु गाविसमा भएको थियो । पहिलो विवाह भएको एक महिनापछि बूढीमोरङका सन्तोष लिम्बूसँग २०७० फागुन १५ गते विवाह दर्ता भएको थियो । विवाह दर्ता प्रमाणपत्रमा खोकु गाविसमा दुलहीको नाम र ठेगाना जिल्लाकै डाँडाबजार ४ र थर राई लेखिएको छ । बूढीमोरङ गाविस कार्यालयको विवाह दर्ता प्रमाणपत्रमा थर लिम्बू र ठेगाना सोही गाविस ४ रहेको प्रहरी नायब उपरीक्षक ध्रुव राउतले बताए । अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्: