बसको ठक्करले युवकको मृत्यु

भीमदत्तनगर । दिल्लीबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बसको ठक्करले एकको मृत्यु भएको छ । कञ्चनपुरको भीमदत्तनगरस्थित ट्राफिक चोकमा एक जनाको मृत्यु भएको हो ।

पूर्व–पश्चिम राजमार्गको ट्राफिक चोकमा काठमाडौँ जाँदै गरेको ना ५ ख १००२ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको मे १ प ७९२१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा टीकाराम डगौंराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।                                                 12

मङ्गलबार साँझ भएको सो दुर्घटनामा ज्यान गुमाएका डगौंरा कोष तथा लेखा नियन्त्रक कार्यालय भीमदत्तनगरमा कार्यरत थिए । कार्यालयका अनुसार उनी राति कार्यालय समय परेकाले घरबाट कार्यालय आउँदै थिए । बस प्रहरीको नियन्त्रणमा रहेको प्रहरी जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: