मर्हजनद्धारा भूकम्पपीडितलाई सहयोग

बिर्तामोड । झापा कनकाई नगरपालिका ३ सुरुङ्गाका रामवाबु महर्जनले महाभूकम्प पीडितका लागि नगद सहयोग गरेका छन् । उनले नेपाल पत्रकार महासंघ झापा मार्फत नगद १० हजार १ सय ११ रुपैयाँ सहयोग गरेका हुन् ।                                                                   rahat news ph

व्यवसायी महर्जनले नेपाल पत्रकार महासंघ झापामार्फत दैवि प्रकोप उद्दार तथा व्यावस्थापन समिति नेपालमा जम्मा हुनेगरि महासंघ झापाका अध्यक्ष भीम नेम्बाङ्गलाई सो रकम विहीबार हस्तान्तरण गरेका हुन् । महर्जन टायल्र्स उद्योग सुरुङ्गाका प्रोपाईटर हुन् ।
रकम हस्तान्तरण कार्यक्रममा समाजसेवी तथा व्यवसायी महर्जनले नेपालीको दर्दनाक अवस्थामा थोरै भएपनि आफ्नो कमाईबाट गाँस काटेर सहयोग रकम प्रदान गरेको बताए । साहित्यकार समेत रहेका महर्जनले विगत ३५ वर्षदेखि सुरुङामा केवल, फेन्सी गुड्सलगायतको व्यवसाय गरेका थिए । मर्हजनले पत्रकार इमान्दार तथा खराव प्रवृतिका गतिविधिलाई खवरदारी गर्ने भएकोले पत्रकार महासंघबाट सो रकम हस्तान्तरण गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्: