रिचार्ज कार्डसहित तीन पक्राउ

काठमाण्डौ । महोत्तरी प्रहरीले गएराति जिल्लाको धमौरा गाविसबाट हजारौंको रिचार्ज कार्डसहित तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धमौरा गाविस–८ बस्ने २७ वर्षीय जीतेन्द्रकुमार शर्मा, २५ वर्षीय शनाउल्लाह अन्सारी र वडा नम्बर ९ बस्ने १७ वर्षीय हैदर राईन रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

पक्राउ परेकाका साथबाट प्रहरीले एनटिसीको रु १०० को १९ थान, एनसेलको रु १०० का १९० थान, रु ५० का ३८० थान, रु ३०० का २० थान र रु ५०० का १० थान रिचार्ज कार्ड बरामद गरेको प्रहरी नायब उपरीक्षक लोकेन्द्र श्रेष्ठले बताए ।01

पक्राउ परेका तीनै जनाले धमौरा गाविस–८ मा अवस्थित अन्जनी मेडिकल हलबाट रातिको बेला ताल्चा फुटाई रु १९ हजार ९०० मूल्यको रिचार्ज कार्ड र रु ५५५ नगद चोरेका थिए ।
उनीहरुलाई चोरी मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: