वन पैदावार व्यवसायीले दिए ५१ हजार

बिर्तामोड । नेपाल वन पैदावार उद्योग व्यवसायी संघ झापाले भूकम्पपीडितका लागि राहतस्वरुप ५१ हजार रुपैया प्रदान गरेको छ । संघका अध्यक्ष चन्द्रबहादुर गुरुङ, कोषाध्यक्ष मिलन काफ्ले र सदस्य देवीप्रसाद गिरीले आज बिहीबार सहायक प्रमुख जिल्ला अधिकारी कमलबहादुर थापालाई उक्त नगद प्रदान गरे ।

जिल्ला दैवी प्रकोप राहत कोष मार्फत प्रधानमन्त्री राहत कोषमा जम्मा हुने गरी संघले सो रकम हस्तान्तरण गरेको हो । यसैवीच कनकाई ३ सुरुङ्गास्थित महर्जन टायल्स उद्योगका सञ्चालक रामबाबु महर्जनले नेपाल पत्रकार महासंघ झापामार्फत १० हजार १ सय ११ रुपैया प्रदान गरेका छन् ।01

महर्जनले बितामोडमा महासंघका अध्यक्ष भीम नेम्वाङ्गलाई हस्तान्तरण गरेको सो रकम आज बिहीबार नै महासंघका सचिव एकराज गिरीले सहायक प्रमुख जिल्ला अधिकारी थापालाई हस्तान्तरण गरे । यो संगै नेपाल पत्रकार महासंघ झापाको संयोजनमा १ लाख ८१ हजार ८ सय ३२ रुपैया भूकम्प पीडितकालागि राहत कोषमा जम्मा भएको छ ।

प्रतिक्रिया दिनुहोस्: