अन्तर्रा्ष्ट्रिय समुदाय पनि नयाँ सरकारको पक्षमा

काठमाण्डौ । प्रमुख प्रतिपक्षी एमाओवादीका अध्यक्ष प्रचण्डले महाभूकम्ँपले निम्त्याएको राष्ट्रिय विपत्ति सामना गर्न अन्तर्रा्ष्ट्रिय समुदाय पनि नयाँ सरकरका पक्षमा देखिएको बताएका छन् । प्रचण्डले ३० दलीय गठबन्धनको बिहीबार सिंहदरबारमा बसेको बैठकमा सुशील कोइराला नेतृत्वको सरकारले अन्तर्रा्ष्ट्रिय समुदायसामु विश्वसनीयता गुमाउँदै गएको उल्लेख गरेका हुन् ।

‘अहिले सरकारको विश्वसनीयता कम छ, हामी एकताबद्ध भयौं भने विश्वसनीयता पनि बढ्थ्यो’ प्रचण्डको भनाइ उद्धृग गर्दै एमाओवादीको अन्तराष्ट्रिय विभागका प्रमुखसमेत रहेका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने ।13

तराई मधेस लोकतान्त्रिक पार्टीका उपाध्यक्ष हृदयेश त्रिपाठीका अनुसार सरकारले भेदभावरहित र पारदर्शी ढंगले राहत वितरण नगरेकाले सरकारप्रति अन्तर्रा्ष्ट्रिय दाताहरुले प्रश्न उठाएको प्रचण्डले बैठकमा बताएका थिए ।

‘सरकारका क्रियाकलापका कारण अन्तर्रा्ष्ट्रिय समुदायबाट सहयोग आएको छैन, सरकारको विश्वसनीयता माथि प्रश्न चिह्न खडा भएको छ,’ प्रचण्डको भनाई उद्धृग गर्दै त्रिपाठीले भने । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्: