ओलम्पिक च्याम्पियन ब्रुस पुरुषबाट महिला बने

एजेन्सी । फेमस म्यागजीन वेनिटी फेयरको जुलाई एडिशनमा छापिएको कवर फोटोले सबैलाई आचार्यचकित पारेको छ । त्यसमा प्रकाशन भएको फोटोमा किम कर्द्शियनका पिता बु्रस जेनर पुरुषबाट महिला बनेको तस्वीर प्रकाशन भएको छ ।                                                                bruce
ओलम्पिक च्याम्पियन ब्रुसले सर्जरी गराएर पुरुषबाट महिला बनेका छन् । पुरुषबाट महिला बनेका ब्रुस अब केटलिन जेनरको नामले चिनिने छन् । उनले आफ्नो नयाँ लुकको एउटा ट्वीटर एकाउन्ट पनि बनाएका छन् ।
उनले आफ्नो पहिलो ट्वीटमा लेखेका छन् ‘ म एकदम खुशी छु, किनकी धेरै स्ट्रगलपछि अब मैले रोजेको जिन्दगी पाएको छु ।’ उनको नयाँ लुकको फोटाहरु फोटो ग्राफर लेबोविट्जÞले खिचेका छन् ।

प्रतिक्रिया दिनुहोस्: