तामाकोसीसहित ६ आयोजना अनिश्चित

काठमाण्डौ । भूकम्पले सडकलगायतका भौतिक संरचना क्षतिग्रस्त हुँदा माथिल्लो तामाकोसीसहित जिल्लाका ६ जलविद्युत् आयोाजना अनिश्चित भएका छन् । तीव्र
गतिमा निर्माण भइरहेको ४५६ मेगावटको माथिल्लो तामाकोसी, ४० मेगावाटको खानीखोला–१, ३० मेगावाटको खानीखोला, ११ मेगावाटको तल्लो खारेखोला, १६ मेगावाटको सिंगटी खोला र १ मेगावाटको कुथेलीबुखरी आयोजना निर्माण सुचारु हुने टुंगो छैन ।12

भूकम्पपछि लगातार आएका परकम्पका कारण तामाकोसीमो धेरै क्षति पुगेको छ । आयोजनाको सिंगटीदेखि लामाबगरसम्मको कठिन प्रवेश मार्ग सबैभन्दा बढी क्षति भएको छ । २ अर्बभन्दा बढी लगानी गरेर निर्माण गरिएको चरिकोट–लामाबगर ६८ किलोमिटर सडकमध्ये सिंगटी–लामाबगरको २८ किलोमिटर सडकका आधा दर्जनौं ठाउँमा पहिरो खसेका छन । आजको कारोबार दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्: