तीन बिद्यार्थी संगठनको राहत अभियान

बिर्तामोड । तिन बिद्यार्थी संगठनले भूकम्पबाट पीडित बनेका दोलखाका बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री राहत स्वरुप प्रदान गर्ने भएको छ । असारको पहीलो साता भित्र झापाका दाताहरुबाट संकलन गरी राहत स्वरुप प्रदान गर्न लागीएको आज आयोजित पत्रकार संम्मेलन मार्फत जानकारी गराएको छ ।mahendra

बिद्यार्थीका लागी हामी र हाम्रा लागी बिद्यार्थी भन्ने मुल नाराका साथ अखिल क्रान्तिकारी झापा, नेपाल बिद्यार्थी संघ र अनेरास्ववियु झापाले राहत स्वरुप शैक्षिक सामाग्री संकलन सुरु गरेको हो । शैक्षिक सरोकारवालाहरुको हिजो बसेको एक भेलाले राहत अभियान चलाउने निर्णय गरेको अखिल क्रान्तिकारीका केन्द्रिय सचिवालय सदस्य महेन्द्र भट्टराईले बताए ।

प्रतिक्रिया दिनुहोस्: