नेपालमा भारतीय म्यागी चाउचाउ प्रतिबन्ध

काठमाण्डौ । सरकारले भारतीय उत्पादनको म्यागी चाउचाउ आयात तथा विक्रि वितरणमा प्रतिबन्ध लगाएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उक्त चाउचाउमा सिसा भेटिएको र जनस्वास्थ्यमा गम्भीर असर पु¥याउने पदार्थ भेटिएकाले त्यस्तो प्रतिबन्ध लगाएको जनाएको छ ।01

म्यागी चाउचाउमाथि भारत सरकारले समेत प्रतिबन्ध लगाएकाले नेपालमा अर्को सूचना जारी नभएसम्म त्यसको उपभोगमा प्रतिबन्ध लगाइएको विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले बताए ।
गुणस्तरहीन भएकै कारण भारतका विभिन्न राज्यमा म्यागी चाउचाउ बिक्री वितरणमा प्रतिबन्ध लगाइएको छ । सोहि बमोजिम विभागबाट अर्को सूचना नआएसम्मको लागि म्यागी चाउचाउ आयात तथा बिक्री नगर्न सम्बन्धीत पक्षलाई विभागले निर्देशन दिइसकेको बताइएको छ ।

यस्तै विभागले सर्वसाधारण उपभोक्तालाई म्यागी चाउचाउ उपभोग नगर्न समेत आग्रह गरेको छ भने
चाउचाउको नमुना संकलन गरी अनुसन्धान कार्य भइरहेको समेत जनाइएको छ । गुणस्तर परिक्षण गर्दा चाउचाउमा अखाद्य बस्तु भेटिएमा आयात तथा बिक्रीमा पुरै प्रतिबन्ध लगाइने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्: