पानीका कारण महामारीको जोखिम

काठमाण्डौ । भूकम्प प्रभावित जिल्लामा वितरित खानेपानी दूषित रहेको सरकारी अध्ययनले देखाएको छ । स्वास्थ्य सेवा विभाग राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गरेको नमुना परीक्षणमा पानी दूषित भेटिएको हो । पानीकै कारण विभिन्न रोकको महामारी फैलन सक्ने जोखिम रहेको चिकित्सकहरुले चेतावनी दिएका छन् ।

प्रयोगशालाले १२ वैशाखको भूकम्पबाट प्रभावित उपत्यकासहित १० जिल्लाका स्थानीयले पिउँदै आएको पानीको नमुना ल्याएर परीक्षण गरेको थियो । शुद्धीकरण गरिएको बोत्तल तथा जारको पानी, बोरिङबाट निकालिएको पानी र मूलबाट वितरित पानीका दुई सय ३३ नुमना संकलन गरी शुद्धता परीक्षण गरिएको प्रयोग14शालाकी निर्देशक डा. गीता शाक्यले जानकारी दिएको छ ।

निर्देशक शाक्यका अनुसार परीक्षणका क्रममा बोरिङ र मूलको पानी दूषित भेटिएको छ । केही ब्रान्डका बोत्तल तथा जारको पानी पनि दूषित पाइएको उनले बताइन् । आजको नयाँ पत्रिकामा खबर छ ।

प्रतिक्रिया दिनुहोस्: