प्रधानमन्त्रीका अवैतानिक सल्लाहकारको बियर पार्टी

काठमाण्डौ । नेपालले विनाशकारी भूकम्पको महाविपत्ति सामना गरिरहेको बेला केही समयअघि मधेशी जनाधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले आफ्नी छोरीको विवाह धुमधामका साथ गर्दा निकै आलोचित बन्नुपरेको थियो ।        00

‘विपतका बेला पनि हाईफाई पार्टी गरेको’ भन्दै सामाजिक सञ्जलमा पूर्व परराष्ट्रमन्त्री समेत नेता यादवको निकै आलोचना भएको थियो । अहिले प्रधानमन्त्रीका अवैतानिक सल्लाहकारका रुपमा रहेकी मृदुला कोइरालाले पनि त्यस्तै कृयकलाप दोहोर्याएको भन्दै आलोचना शुरु भएको छ ।000

कोइरालाले आफ्नो जन्मदिन मनाउँदै रेस्टुरेन्टमा रक्सी र बियरसहितको कोकटेल पार्टीको फोटो समाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेपछि उनको आलोचना शुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस्: