प्रधानमन्त्रीलाई राजीनामा गर्न एमालेको दबाब

काठमाडौ । सत्ता साझेदार एमालेले संविधानका अन्तरवस्तुमा सहमति भएलगत्तै प्रधानमन्त्री सुशील कोइरालाले राजीनामा गर्नुपर्ने दबाब दिएको छ । कांग्रेसलाई सत्तामा डेढ वर्ष साथ दिएको एमालेले संविधानका अन्तरवस्तुमा दलहरु सहमतिनजिक पुगेपछि अबको सरकारको नेतृत्व पाउनुपर्ने दाबी गर्दै आएको छ ।

कांग्रेससँग भएका पछिल्ला वार्ताहरुमा एमालेले संविधानका अन्तरवस्तुमा सहमति भएलगत्तै प्रधानमन्त्रीले राजीनामा गरेर राष्ट्रिय सहमतिको सरकार गठनको मार्गप्रश्स्त गर्नुपर्ने नयाँ माग राख्दै आएको हो ।10

सत्ता समीकरणमा प्रमुख प्रतिपक्षी दल एमाओवादीसँग नजिकिएपछि एमालेले कांग्रेसलाई सरकारके नेतृत्व छोड्न दबाब दिएको हो । एमालेको यस्तो मागलाई प्रतिपक्षी एमाओवादीले पनि साथ दिएको छ ।

‘एक वर्षमा संविधान पनि जारी नहुने सहमति पनि नहुने र त्यसको लाभ प्रधानमन्त्री सुशील कोइरालाले लिन मिल्दैन,’ एमाले मुख्य सचेतक अग्नी खरेलले भने,‘एक वर्षमा संविधान जारी गर्ने लिखित सहमति भएको हो । संविधान निर्माण नभएको लाभ कांग्रेसले मात्रै लिने भन्ने सहमति भएको छैन ।’ आजको अन्नपूर्ण पोष्ट दैनिकमा गोविन्द परियारले खबर लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्: