प्राधिकरणको वितरण केन्द्रमा लागेको आगो नियन्त्रणमा

काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणको रत्नपार्क वितरण केन्द्रको प्रशासनिक भवनमा लागेको आगो नियन्त्रणमा आएको छ । हिजो दिउँसो १५ः३० बाट शुरु भएको आगलागी करिब १ घण्टापछि नियन्त्रण गरिएको हो ।

के कारणले आगलागी भयो भन्ने बारेमा प्राधिकरणले केही बताएको छैन । क्षतिको पूर्ण विवरण भने आइसकेको छैन । नेपाली सेना, नेपाल प्रहरी, जुद्ध बारुण यन्त्र तथा काठमाडौँ महानगरपालिकालगायतका दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको थियो । आगलागीबाट चार कोठा क्षतिग्रस्त भएको छ ।02

आगोले गोदाममा रहेका महत्वपूर्ण सामान र केही कागजपत्र जलेर नष्ट भएका छन् । रत्नपार्क वितरण केन्द्रका प्रमुख मनोजकुमार सिंहले प्रशासनिक भवनको गोदाममा आगलागी भएको र क्षतिको विवरण सङ्कलन भइरहेको बताए । सो भवनमा प्राधिकरणको काउण्टरसमेत रहेको थियो । प्रहरीले भने विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्: