मेगी काण्डमा अमिताभ, माधुरी, प्रीतिलाई नोटिस जारी

एजेन्सी । मेगी विवादमा बलिउड अभिनेता अमिताभ बच्चन, अभिनेत्री माधुरी दीक्षित र प्रीति जिन्टाको भनाई थियो कि अहिलेसम्म उनीहरुलाई कुनै नोटिस जारी गरिएको छैन । तर, अदालतले तिनैजनाको बिरुद्ध बिबाद दर्ता गर्न आदेश दिएको छ । मेगी काण्डमा अमिताभ, माधुरी र प्रीतिलाई नोटिस जारी गरेको हो ।aaa
तमिलनाडु उपभोक्ता मन्चले एउटा याचिकामा अमिताभ, माधुरी दीक्षित र प्रीति जिन्टा बिरुद्ध नोटिस जारी गरेको हो । यस याचिकामा बलीउडका स्टारहरुलाई यो निर्देशन दिन माग गरेको छ कि उनीहरु त्यस गुणवत्ता र सुरक्षाको बारेमा गलत तथ्य हुने मेगी नूडल्सको प्रचारप्रसार नगरुन् ।
बिहिबार खाद्य तथा उपभोक्ता मन्त्री रामविलास पासवानले पनि प्रोडक्ट्सलाई बिज्ञापन गर्दा सत्यतथ्य बिचार गरेर मात्र विज्ञापन गर्नु पर्ने बताएका छन् । तमिलनाडु राज्य उपभोक्ता विवादलाई साम्य पार्न आयोगको मदुरे पीठले मेगी बनाउने कम्पनी नेस्ले इन्डियाका चेयरमेन तथा प्रबन्ध निदेशक र अन्य तीनलाई पनि नोटिस जारी गरेको छ । यसमा राज्यका खाद्य सुरक्षा आयुक्त पनि सामिल छन् । पीठले अधिकारीहरुलाई मेगीको परीक्षणको लागि नमुना लिन पनि निर्देशन दिएको छ ।
यता नेस्लेका अधिकारी आज दिल्लीमा एउटा प्रेस कन्फ्रेन्स गर्दै छन् , जसमा उनहिरु आफ्नो सफाई पेश गर्नेछन् । आफ्नो वेबसाइटमा नेस्लेले पहिल्यै मेगीलाई स्वास्थ्यको लागि उपयुक्त भएको जानकारी दिएको छ । कम्पनीको भनाई छ कि उनीहरुको परिक्षणमा मेगीको नमूना सही पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्: