आज बिहान पनि एउटा पराकम्प

काठमाण्डौ । गत वैशाख १२ को विनाशकारी भूकम्प पछि आएका पराकम्पन विस्तारै कम हुदै गएपनि रोकिएको भने छैन । यसैक्रममा झान्डै १२ घण्टापछि आज बिहान एउटा पराकम्प गएको छ ।
बिहान २ बजेर ३३ मिनेटमा सिन्धुपाल्चोक र तिब्बतको सिमा क्षेत्र केन्द्रविन्दु भएर ४ दशमलव २ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भकम्प मापन केन्द्रले जनाएको छ ।

यसअघि हिजो दिउँसो २ बजेर १६ मिनेटमा काठमाडौं केन्द्रविन्दु भएर ४ रेक्टर तथा १० बजेर २ मिनेटमा सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको पराकम्प गएको थियो ।
बैशाख १२ यता हालसम्म गतेदेखि अहिलेसम्म ४ म्याग्नेच्युटन्दा बढीका ३ सय वटा परकम्प गैसकेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।000

केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार हालसम्म ४ रेक्टर स्केल भन्दा मुनिका दैनिक २ सय भन्दा बढी परकम्प गइरहेका छन् ।
ठूलो भूकम्पपछि ससाना पराकम्प आउनु स्वभाविक भएको अधिकारीले बताउनुभयो । यसअघि १९९० सालको महाभुकम्पपछि पनि धेरै दिन परकम्प गएका थिए ।

प्रतिक्रिया दिनुहोस्: