आमिर खानलाई राष्ट्रीय चिह्न प्रयोग गरेकोमा कानूनी नोटिस !

एजेन्सी । बलीउड अभिनेता आमिर खान पनि एक कानूनी बिबादमा फस्ने सम्भावना रहेको छ । उनलाई एकजना सामाजिक कार्यकर्ताले चर्चित टीवी शो ’सत्यमेव जयते’ का प्रोड्यूसर आमिर खानलाई केन्द्र सरकारको अनुमति नलिई कार्यक्रमको नाम ‘सत्यमेव जयते’ मा देशको चिह्नको प्रयोग गरेकोमा उनलाई कानूनी नोटिस पठाएका छन् ।Aamir-Khan-
आमिताभ बच्चन, माधुरी दीक्षित र प्रीति जिन्टालाई मेगी नूडल्सको विज्ञापन गर्ने बिषयलाई लिएर मुद्दा दर्ता गर्ने कुरा पनि आइरहेको छ । त्यसैगरी पूर्व पोर्न स्टार सनी लियोनलाई महाराष्ट्रकी एक महिला ले अश्लीलता फैलाएको मुद्दा दर्ता गरेकी छिन् । अहिले आमिर खानलाई पनि मुद्दा दर्ता गर्ने तयारी शुरू भएको छ ।
आमिरको बिरुद्ध सामाजिक कार्यकर्ता मनोरञ्जनन रायले निबेदन दर्ता गराएका हुन् । रायले भनेका छन् ‘सत्यमेव जयते’ राष्ट्रीय चिह्नमा समावेश छ ।’, रायको तर्फबाट वकील मनोज सिंहद्वारा पठाइएको नोटिसमा यो माग गरिएको छ शो का निर्माता आमिर खान र उनकी पत्नी किरण राव सरकारी अनुमतिका पत्र जम्मा गर्नुस् । अन्यथा यस्तो नभएमा हामी तपाई बिरुद्ध कानूनी प्रक्रिया शुरू गर्ने अन्तिम निर्देशन दिइन्छ ।
आमिर खान, उनकी पत्नी किरण राव र शो का निर्देशक सत्यजीत भटकललाई नोटिस पठाइएको छ । आमिर र किरणको तर्फबाट यस बिषयमा अहिलेसम्म कुनै पनि प्रतिक्रिया आएको छैन ।

प्रतिक्रिया दिनुहोस्: