चट्याङ लागेर झापामा दुईको मृत्यु

बिर्तामोड । शुक्रबार राति पानीसँगै परेको चट्याङ लागेर झापाका बेग्ला बेग्लै स्थानका दुईजनाको मुत्यु भएको छ । मुत्यु हुनेमा झापा गरामनी गाविस–९ का खोटनाथ रेग्मी र शान्तिनगर गाविस–६ का सीता राई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।00

प्रहरीका अनुसार रेग्मी घरमा बसिरहेको अवस्थामा चट्याङ लागेपछि उनलाई तत्काल बिर्तामोडस्थित विर्ता सिटी अस्पताल लगिएको र उनको उपचारको क्रममा मुत्यु भएको हो ।
त्यस्तै राईलाई पनि चट्याङ लागेपछि कनकाई अस्पताल बिर्तामोड लैजाँदै गरेको अवस्था बाटैमा मुत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: