भूकप्पमापीडितका लागि सहयोग जुटाउन कलाकार र नेता खेले फुटबल

काठमाण्डौं । बैशाख १२ र २९ गते गएको बिनाशकारी भूकप्पमा पीडित बनेकाको लागि सहयोग जुटाउने उदेश्यले आयोजित कलाकार र नेताको फुटबल भिडन्तमा प्रमुख दलका शीर्षनेताहरुले सहभागिता जनाएका छन् ।                                       khel
नेताहरुको टोलीको कप्तानी प्रधानमन्त्री सुशील कोइरालाले सम्हालेका थिए भने कलाकारको कप्तान भने मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य रहेका छन् ।
सशस्त्र प्रहरीको हलचौक मैदानमा राष्ट्रपति डा. रामवरण यादवले प्रधानमन्त्रीलाई बल हस्तान्तरण गरेका थिए भने त्यस लगत्तै प्रमुख दलका शीर्ष नेताहरुले नै प्लेइङ ११ मा रहेर खेलेका छन् ।
प्रधानमन्त्री कोइराला, एमाले अध्यक्ष केपी ओली, एमाओवादी अध्यक्ष प्रचण्ड, नेता डा. बाबुराम भटराई, एमाले नेता झललाथ खनाल, माधवकुमार नेपाल नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्य लगायतले सुरुमा नै खेलेका थिए ।
एमाले अध्यक्ष ओली र एमाओवादी अध्यक्ष प्रचण्ड झण्डै ५ मिनेटमा नै मैदानबाट बाहिरिएका थिए भने प्रधानमन्त्री कोइरालाले भने लगभग २५ मिनेट मैदानमा रहेका थिए ।
नयाँ पत्रिका दैनिकको आयोजनामा खेलिएको । खेलको ३४ औं मीनेटमा कलाकारले एक गोल लगाएका छन् । अहिले पनि खेल चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्: