राहत कोषको रकम दुरुपयोग भए कारवाही गर्ने : प्रधानमन्त्री कोइराला

काठमाण्डौं । विभिन्न संघ–सस्था र व्यक्तीद्धारा भूकम्पपीडित नेपालीहरुको सहयोगको लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको रकम हिनामिना गर्न नदिने प्रधानमन्त्री सुशील कोइरालाले बताएका छन् ।
पीडितहरुको लागि प्रदान गरेको सहयोग वास्तविक पीडित समक्ष पु¥याउने बताउँदै दुरुपयोग भए कारवाही गर्ने प्रधानमन्त्री कोइरालाल बताएका हुन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार राष्ट्रिय ख्रिष्टियन महासंघ नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरेको २५ लाख रुपैयाँ ग्रहण गर्दै प्रधानमन्त्री कोइरालाले कोषमा जम्मा हुने रकम पारदर्शी ढंगले पीडितलाई पु¥याउने विश्वास व्यक्त गरे ।sushil-koirala
महासंघका अध्यक्ष सुन्दर थापा र सह–अध्यक्ष इसुजंग कार्की, महासचिव सिवी गहतराललगायतको टोलीले २५ लाख ७ हजार ३ सय ५० रुपैयाँको चेक प्रधानमन्त्री सुशील कोइरालालाई हस्तातरण गरेका थिए । चेक हस्तारण कार्यक्रमपछि महासंघका महासचिव सिवी गहतराजले भूकम्प पीडितहरुको लागि दुखेको घाउमा मलहम लगाउनको लागि सहयोग गरेको बताए ।
महासंघले भूकम्प पीडितहरुलाई विभिन्न ठाउँमा पुगेर राहत वितरण गरिरहेको बताउंदै उनले आगामी दिनमा पनि राहत वितरण र पुन निर्माणको कार्यमा महासंघ लाग्ने बताए । चेक हस्तान्तरण कार्यक्रममा राष्ट्रिय ख्रिष्टियन महासंघका पदाधिकारी र सदस्यहरुको उपस्थिति रहेको थियो

प्रतिक्रिया दिनुहोस्: