अधिकांश निजी स्कुलका भवन मापदण्डविपरीत

काठमाण्डौ । राजधानीमा सञ्चालित अधिकांश निजी विद्यालयका भवन राज्यद्वारा निर्धा्रित न्यूनतम मापदण्डविपरीत पाइएको छ । जिल्ला शिक्षा कार्यालयको अध्ययनअनुसार उपत्यकाका ९० प्रतिशतभन्दा धेरै स्कुलमा न्यूनतम मापदण्ड पालना गरिएको छैन ।

आवासीय प्रयोजनका लागि बनाइएका भवनमा थाम्नै नसक्ने गरी विद्यार्थीको निरन्तर आवतजावत र भारसमेत धेरै हुँदा विद्यार्थी असुरक्षित छन् । जिल्ला शिक्षा कार्यालय काठमडौंका इन्जिनियर गिरिराज मिश्रले स्कुल सञ्चालन गर्न बनाइने र आवसीय भवनको मापदण्ड फरक02 भए पनि कार्यान्वयन नभएका बताए ।

उनका अनुसार स्कुल सञ्चालन भएको भवनमा अनिवार्य बरन्डा हुनुपर्ने, एउटै कोठामा दुईवटा ढोका हुनुपर्ने, फराकिलो भ¥याङ हुनुपर्ने, स्कुलसम्म आउनजान ठूलो गल्ली हुनुपर्ने, स्कुल भवन बक्स आकारको हुनुपर्ने तथा एसेम्बली गर्न अगाडिको भागमा पर्याप्त खुला ठाउँ हुनेपर्नेलगायत मापदण्ड छन् ।

‘यी मापदण्ड कागजमा सीमित छन् । शिक्षा मन्त्रालय तथा अन्य उच्च तहका पदाधिकारीलाई हामीले यस विषयमा जानकारी गराइसकेका छौं । कार्यान्वय गर्ने काम हाम्रो होइन’ मिश्रले भने,‘यस्ता विद्यालयलाई निश्चित समय दिएर मापदण्डअनुसारको भवन बनाउन निर्देशन दिनुपर्छ । यस्तै भवनमा पढाउन दिनु जोखिम मोल्नु हो ।’ आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्: