आज गर्मीका कारण दुईको मृत्यु

सप्तरी । विगत केही दिनदेखि बढेको अत्यधिक गर्मीका कारण सप्तरीमा आज दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शम्भुनाथ नगरपालिका–९ बस्ने ६४ वर्षीया सम्झादेवी सरदार रहेको प्रहरीले जनाएको छ ।

उनको अत्यधिक गर्मीका कारण मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।03 त्यस्तै पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने जिल्लाको मोहलीमा एक जना यात्रुको समेत गर्मीका कारण मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोलुखुम्बु जिल्ला नेटा बतासे गाविस–९ बस्ने ४५ वर्षीया लेखमान विक रहेको स्थानीय सञ्चारकर्मीले बताए । चर्को घाम लागेपछि सरदारको घरमै बेहोस भएर मृत्यु भएको छ भने विकको कटारीबाट धरान जाँदै गर्दा बसमा गर्मीले अचानक बेहोस भएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । गर्मीकै कारण सदरमुकाम राजविराजमा व्यापार व्यवसायमा समेत प्रभावित भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्: