कहाँ अड्कियो दलबीचको सहमति ?

काठमाण्डौ । संविधानका अन्तर्वस्तुमा सहमतिसहित राष्ट्रिय सरकारको विषय प्याकेजमा टुंग्याउने गरी संवादमा जुटेका प्रमुख दलहरुलाई प्रदेशको सीमांकनको विवाद टुंग्याउन कठिन परेको छ । ६ प्रदेशमा जाने र नाम प्रदेश सभालाई राख्न दिन करिब–करिब सहमति जुटाएका उनीहरुबीच सीमांकन अहिे टुंग्याउने वा आयोगलाई दिने भन्नेमा विवाद छ ।

प्रमुख दलबीच विवादित अन्तर्वस्तुमा अनौपचारिक सहमति जुटाएर आइतबारै चार पक्षको बैठक बस्ने सहमति थियो । तर, संघीयतामा प्रदेशको सीमांकन अहिले नै गर्ने वा आयोग बनाएर पछि गर्ने भन्नेमा कुरा नमिलेपछि आइतबार बस्ने चार पक्षको बैठक स्थगित गरिएको छ ।04

एमाले बरिष्ठ नेता झलनाथ खनालले भने सोमबार साँझसम्म टुंग्याउनेगरी दलबीच छलफल अघि बढेको बताए । सत्तारुढ दल कांग्रेस र एमालेले अहिले प्रदेशको संख्या तोक्ने र सीमांकनको जिम्मा आयोगलाई दिने प्रस्ताव गरेका छन् । सीमांकनका लागि बनाइने आयोगमा विज्ञ र दलका प्रतिनिधि रहने व्यवस्थासहित संविधान जारी गर्ने सत्तारुढ दलको प्रस्ताव छ ।

एमाओवादीले भने ६ प्रदेशके सीमांकनको विकल्पसहित विवादित पाँच जिल्लाको विवाद मात्र आयोगमार्फत टुंग्याउन प्रस्ताव गरेको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्: