झापा डेङ्गुको उच्च जोखिममा

झापा । झापामा यो वर्ष पनि डेङ्गुको जोखिम बढ्न थालेको छ । असारको अन्तिम साता देखि भदौको अन्तिमसम्म यो रोग देखा पर्ने भएकाले जिल्ला उच्च जोखिममा परेको जिल्ला जनस्वाथ्य कार्यालय झापाले जनाएको छ ।

डेङ्गु जातको भाइरस सार्ने एडिज जातको लामखुट्टे मनसुनपछि बढी सक्रिय हुने भएकाले जिल्लाभित्र यसको सङ्क्रमण देखिन थालेको जनाएको जनस्वास्थ्य प्रमुख चन्द्रदेव मेहेताले बताए । चालु आर्थिक वर्षमा सातजनामा डेङ्गुको सङ्क्रमण देखिएको कार्यालयले जनाएको छ ।07

वर्षाको समयमा लामो समयसम्म खुल्ला ठाउँमा जमेको पानीमा यो जातको लामखुट्टेले लार्भा बनाउने भएकाले यसको सङ्क्रमण बढ्ने गरेको छ । फोहोर स्थान र लामो समयसम्म जमेको पानी यो लामखुट्टेको उत्तम बासस्थान र लार्भा उत्पादनको उपयुक्त स्थान हुने बताइन्छ ।

बर्खायामभरि यसको सङ्क्रमण उच्च रहने उनको भनाइ छ । गत दुई वर्षको अवधिमा झापामा २८१ डेङ्गुबाट सङ्क्रमित भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । आर्थिक वर्ष २०६९ र ०७० मा ७८ र गत आव.२०७० र ०७१ मा २०३ जनामा डेङ्गु रोग देखिएको थियो । मुख्य याममा यसको सङ्क्रमण अझ बढ्न सक्ने भएकाले त्यसबारे सचेत रहनुपर्ने जिल्ला जनस्वास्थ्य प्रमुख मेहताले बताए ।

प्रतिक्रिया दिनुहोस्: