बिनाअनुमती भारतीय डाक्टरको टोली सुरुङ्गामा

सुरुङ्गा । बिनाअनुमती भारतीय डाक्टरहरुको एक टोली झापाको सुरुङ्गामा प्रवेश गरेको छ । आइतवार सो टोलीले १ हजार भन्दा बढीको उपचार गरेर फर्किए पनि यहाँका सरोकारवालाहरु भने मौन देखिए । सिलुगुडिका डाक्टर डब्लु एच चाङ्ग सम्मिलित स्वास्थ्य टोलीले सुरुङ्गामा निशुल्क एकदिने स्वास्थ्य शिविर चलाएको थियो ।

डाक्टर चाङ्ग सुपरस्पेलिष्ट हस्पिटल प्रालि सिलुगुडीको टोलीले सुरुङ्गास्थित प्राथमिक स्वास्थ्य केन्द्र सुरुङ्गामा शिविर चलाएको हो । झापाको बिर्तामोडमा सुविधासम्पन्न बिएडसी जस्ता हस्पिटलको निर्माण संग–संगै भारतीय स्वास्थ्य टोलीको बिनाअनुमति नेपाल प्रवेश daktarहस्तक्षेपकारी कार्य भएको भन्दै केही हस्पिटलका निर्देशकले आपती समेत प्रकट गरेका छन् ।

कनकाई नगरपालिकाको आर्थिक सहयोगमा भएको शिविरमा सिलुगुडीका ३० बढी स्वास्थ्य टोलीले १ हजार वडी विभिन्न विरामीको निशुल्क स्वास्थ जाच , मुटुको इसिजि लगायातका जाच समेत गरेका थिए । शिविरमा फेला परेका गम्भिर प्रकृतिका विरामीलाई सो टोलीले उपचारका लागि भारतमै वोलाएको छ ।

स्वास्थ्य शिविरको पूर्जा लिएर जाने विरामीको उपचार अप्रेशन लगायाँतमा विशेष छुट दिने आश्वासन समेत दिइएको थियो । यसरी स्वास्थ्य उपचारको नाममा मोटो रकम भारत बाहिरिने गरेको थियो । स्वदेशमै सबैखाले उपचार हुने देखिएपछी भारतीय टाक्टरहरुको टोली निःशुल्क स्वास्थ्य शिविर संचालनको बहानामा बिनाअनुमति नेपालका बिभिन्न गाँउ गाँउमा छिर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्: