भारतीय नक्कली नोटसहित एक पक्राउ

नेपालगन्ज । नक्कली भारतीय रुपैयाँसहित पक्राउ ब्यक्रलिाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीको क्षेत्रीय अनुसन्धान ब्यूरो टोली नेपालगन्जले उपमहानगरपालिका २५ सुर्जिगाउँका सुभाष भण्डारीलाई पक्राउ गरीएको हो ।

ब्यूरो प्रमुख अशोकसिंह ठकुरीका अनुसार आरोपीबाट प्रहरी टोलीले एक हजारको06 ४२ थान र पाँच सयको दुई सय १६ थान गरी एक लाख ५० हजार नक्कली भारतीय रुपैयाँ बरामद गरेको हो । नक्कली भारतीय नोटको कारोबारमा तीन भारतीय नागरिक र एकजना नेपालगन्ज—१७ निवासी राजु कबडिया पनि संलग्न रहेको तर उनीहरु फरार रहेको जनाइएको छ ।

प्रहरीले सो घटनाका सम्बन्धमा थप अनुसन्धान प्रक्रिया अघि बढाएको छ भने पक्राउ आरोपीमाथि खोटा चलनअन्तर्गत मुद्दा दर्ता गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्: