मोर्चाका नेता पक्राउ गर्न अदालतको आदेश

विर्तामोड । अखिल भारतीय गोर्खा लिगका नेता मदन तामाङको हत्यामा संलग्नलाई अदालतले पक्राउ गर्न आदेश दिएको छ । तामाङको पाँच वर्षअघि हत्या भएको थियो । उनको हत्यामा संलग्नलाई अदालतले पक्राउ गर्न आदेश दिएपछि दार्जी्लिङमा यतिबेला हलचल मच्चिएको छ ।

तामाङको हत्या आरोपमा दार्जी्लिङमा छुट्टै स्वायत्त राज्य गोर्खाल्याण्डको लागि आन्दोलनरत गोर्खा जनमुक्ति मोर्चाका शीर्ष नेतालाई अदालतले पक्राउ गर्न आदेश दिएपछि दार्जी्लिङमा हलचल मच्चिएको हो ।darjiling

न्यायधीश गोपालचन्द्र कर्मकारको इजलाशले २० दिनभित्र मोर्चाका अध्यक्ष तथा गोर्खाल्याण्ड टेरिटोरियत एडमिनिस्टे«सन प्रमुख विमल गुरुङसहित २३ शीर्ष नेतालाई पक्राउ गर्न आदेश छ । उनीहरुको पक्राउका लागी केन्द्रीय जाँच व्यूरो सिआईवीलाई निर्देशन दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

अदालतको आदेशपछि दार्जी्लिङ, कालेबुङ र खरसाङ लगायतका स्थानमा नेतालाई पक्राउ गरिए पहाड जल्ने चेतावनीयुक्त भाषाका पोस्टर टाँसिएका छन् । आइतबार दार्जी्लिङ पहाडका पसलहरु बन्द भए । तर, बन्द आह्वान कसैले नगरेको सिलिगुढीबाट प्रकाशित हुने हिमालय दर्पणले उल्लेख गरेको छ ।

दार्जी्लिङको स्थिति तनावपूर्ण हुने भन्दै पर्यटकहरु तराई तिर झर्न थालेका छन् । तामाङको हत्या भएपछि हत्याको दोष नेता गुरुङ र उनको दल गोर्खा जनमुक्ति मोर्चालाई लाग्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्: