राहत वितरणमा निगरानी गर्न प्रधानमन्त्रीको आग्रह

susilकाठमाण्डौ । प्रधानमन्त्री सुशील कोइरालाले राहत सामग्री वितरणमा अनियमितता हुने भन्दै त्यस्तो हुन नदिन दाताहरुलाई पनि निगरानी गर्न आग्रह गरेका छन् । प्रधानमन्त्री निवासमा भूकम्पपीडितका लागि सहायता रकम प्रदान गर्न आएका विभिन्न सङ्घसंस्थाका प्रतिनिधिलाई सोमवार उनले त्यस्तो आग्रह गरेका हुन् ।
वसन्त चौधरी फाउन्डेसनबाट ५१ लाख

भूकम्पपीडितलाई सघाउन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा वसन्त चौधरी फाउन्डेसनअन्तर्गतका संस्थाबाट रु ५१ लाख प्राप्त भएको छ । फाउन्डेसनका कार्यकारी निर्देशक मेघा चौधरीले रु ५१ लाखको चेक प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गरेका छन् ।

फाउन्डेसनले नुवाकोट, धादिङ, साँखु र सिन्धुपाल्चोकका भूकम्पपीडितलाई औषधी उपचार गर्नुका साथै पाल र खाद्यान्न वितरण गरेको जनाएको छ ।

जोन्सन लिफ्टको सोह्र लाख
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा भारतको चेन्नाइस्थित जोन्सन लिफ्ट प्रालिले रु १६ लाख, नागपोखरीस्थित मेरिक्नोल जोसेफ टेलरले रु १० लाख, काठमाडौँको युनिक फाइनान्स लिमिटेड र भक्तपुर फाइनान्स लिमिटेडले रु पाँच÷पाँच लाख र पर्साको तेली कल्याण समाजले रु चार लाख एक हजार एक सय ११ प्रदान गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: