ज्याकी च्यान हुनेछन् ‘द फोरेनर’ का स्टार

jackie_filmएजेन्सी । चाइनीज एक्शन स्टार ज्याकी च्यानका दर्शकका लागि खुसीको खबर छ । च्याकी छिट्टै एउटा ठूलो एक्शन थ्रिलरमा राम्रो स्टारका रुपमा देखिने भएका छन् । ‘द फोरेनर’ नामक यस प्रोजेक्टलाई लिएर ज्याकी च्यानकको फाइनल कुरा एसटीएक्स इन्टरटेनमेन्टको साथमा हुँदै छ । फिल्म स्टीफन लेदरको किताब ‘द चायनामेन’ मा आधारित छ ।
फिल्ममा ६१ वर्षीय ज्याकी लन्डनको ‘चायनाटाउन’ रेस्त्राका मालिकको भूमिकामा देखिनेछन् । फिल्ममा उनकी छोरीको हत्या हुन्छ । छोरीको हत्यापछि आरोपीलाई पक्रन उनलाई कसैले पनि कुनै मद्दत गर्दैनन् । त्यसपछि उनी आफै ती अपराधि पक्रन लागिपर्छन् ।
एसटीएक्स अहिले पनि फिल्मको लागि डाइरेक्टरको खोजीमा छ । अहिले चर्चामा ‘द नोटबुक’ र ‘द अदर वमुन’ का निर्देशक निकका नाम शामिल छ । भनिदै आएको छ यो प्रोजेक्ट अक्टोबरदेखि शुरू हुने छ । ज्याकीको आगाली फिल्म ‘कुंग फु पान्डा’ आउदो बर्ष जनवरीमा रिलीज हुन सक्ने छ ।

प्रतिक्रिया दिनुहोस्: