टेलिभिजन हेरेर अपहरणको सिको

022काठमाण्डौ । अपहरणकारीले मृत्यु भयो भनेर जंगलमा खाडलमा गाडेका एक बालक हिँड्दै फर्किएका छन् । सूचना पाएको चार घन्टामै प्रहरीले बालक अपहरण गर्ने दुईजनालाई पक्राउ गरेको छ । गोकर्ण दक्षिणढोका बस्ने १० वर्षीय बञ्जरा थरका बालकलाई दुई युवकले शनिबार दिउँसो करिब तीन बजे मिठाई खुवाई फकाएर अपहरण गरी जंगलमा र्पुयाएका थिए ।

प्रहरीका अनुसार दोलखाका भीमबहादुर मगर र रुद्र खत्रीले उनलाई अपहरण गरेर लगेका हुन् । जंगलमा लगेर घाँटी थिची कुटपिट गरेका उनीहरूले बालक चल्न छाडेपछि मृत्यु भएको भन्दै खाडलमा गाडेका थिए । तर, केही घन्टापछि होसमा आएका बालक खाल्डोबाट निस्किएर हिँड्दै फर्किएका हुन् । घरनजिककै स्कुलमा पुगेपछि बेहोस भएका उनलाई स्थानीयले अस्पताल र्पुयाएका थिए ।

आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्: