प्रहरीका एआईजी नक्कली नोट ओसारपासरमा संलग्न भएको खुलासा

09काठमाण्डौ । पाकिस्तानी नागरिक शेख जाबेल इक्वाल भारतको कानुपुरमा २३ लाख नक्कली भारतीय मुद्रासहति पक्राउ परेसँगदै नेपालका एआईजी रमेशशेखर वज्राचार्य नि नक्कली नोट ओसारपसारमा संलग्न भएको खुलेको छ ।

शेखले यसकार्यमा नेपाल प्रहरकिा एआईजी वज्रचार्यसँगै नेपाल र भारतका दर्जनौं प्रहरीसमेत संलग्न रहेको र वज्राचार्यकै गाडीमा नक्कली मुद्रासहित आवातजावत गरेको बयान दिएपछि यस्तो रहस्य सार्वजनिक भएको हो ।

आफू प्रहरीको फन्दामा परेसँगै नेपाल र भारतका दर्जनौं कर्मचारी र प्रहरी अधिकारीहरु संलग्न रहेकोले नक्कली नोट ओसारपसार गर्न सहज हुने गरेको कुरा उदधृत गर्दै भारतीय पत्रिका हिन्दुस्तान टाइम्सले समाचार छापेको छ । आजको आर्थिक दैनिकमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्: