बलिउड नायिका पक्राउ

01एजेन्सी । दक्षिण भारतकी नायिका लीना पाल पक्राउ परेकी छिन् । ठगीको आरोपमा सर्वसाधारणलाई प्रलोभन देखाएर धोका दिएको भन्दै लीना र उनका लिभ इन पार्टनर शेखरलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले लीनालाई न्यायिका हिरासतमा राखेको छ भने उनका पार्टनर शेखरलाई प्रहरी हिरासतमा पठाएको छ । दुबैमाथि नक्कली कम्पनि खडा गरेर सर्वसाधारणलाई ठगेको आरोप प्रहरीले लगाएको छ ।

दश करोड रकम ठगी गरेको भन्दै प्रहरीले उनी सहित अन्य ६ जना बिरुद्ध मुद्दा दायर गरेको हो । प्रहरीेका अनुसार लिना र शेखरले पछिल्लो समय नक्कली कम्पनि खोलेर सर्वसाधारणले जम्मा गरेको रकमको १० गुणा बढी रकम दिने भन्दै ठगी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्: