सवारी दुर्घटनामा दुईको मृत्यु

02नवलपरासी । नवलपरासीमा भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएकोे छ । सोमबार दुम्किबास र अरुणखोलबीचको जंगलमा ट्रक र मोटरसाइकल एकआपसमा ठक्कर खाँदा दुर्घटना भएको थियो ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीले दिएको जानकारी अनुसार दिउँसो ४ बजे पश्चिमबाट पुर्वतर्फ आउँदै गरेको ना ५ ख २५ ४७ नम्बरको ट्रक र पुर्वबाट पश्चिमतर्फ जादै गरेको ना ३५ प ११३ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार नवलपरासी नयाँ बेलहानी ७ निवासी १८ वर्षका गुञ्जन मल्ल र १९ वर्षका अर्जुन कुमालको ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: