२६ न्यायाधीशले एकैदिन अवकाश पाउँदै

01काठमाण्डौ । पुनरावेदन अदालतमा कार्यरत २६ अस्थायी न्यायाधीशले मंगलबार एकैदिन अवकाश पाउँदै छन् । पुनरावेदन तहमा २२ स्थायी दरबन्दी खाली छ । एक वर्षका लागि २७ जेठ ०७० मा नियुक्त गरिएका ३३ मध्ये बाँकी २६ न्यायाधीशको दुईवर्षे कार्यकाल पूरा हुँदासमेत स्थायी वा पदावधि निरन्तर हुने–नहुने टुंगो भएको छैन ।

न्यायपरिषद् सदस्यबीचको आन्तरिक विवादका कारण अस्थायी न्यायाधीश घर फर्कने अवस्थामा पुगेका छन् । पदावधि सकिन दुई दिन मात्र बाँकी रहँदासम्म परिषद्ले कुनै निर्णय नलिएपछि अस्थायी न्यायाधीशले सोमबार प्रधानन्यायाधीशदेखि कानुनमन्त्रीसम्मलाई भेटेर आफ्ना समस्या राखेका छन् । तर, सकारात्मक प्रतिक्रिया नपाएको उनीहरूको भनाइ छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्: